dd scaled 1

पोखरामा क्यानोनिङ गर्दा लडिन् २२ वर्षीया अन्जिता, अस्पताल पुर्‍याउँदा चिकित्सकले गरे मृत घोषणा

समाचार

पोखरा । पोखरामा क्यानोनिङ गर्ने क्रममा लडेर युवतीको मृत्यु भएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ स्थित घलेलमा रहेको पोखरा क्यान्वयनमा क्यानोनिङ गर्ने क्रममा लडेर पोखरा-२६ बुढीबजार बस्ने २२ वर्षीया अन्जिता भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

बुधवार दिउसो क्यानोनिङ गर्ने क्रममा घाइते भण्डारीको उपचारका लागि पोखराको मणिपाल अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *