आइतबार ०९ बैशाख २०८१

1690286400 96015

वैदेशिक रोजगारी लागि मलेसिया गएका झापा भद्रपुरका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका- ८ स्थित एयरपोर्ट उत्तर निवासी ४३ वर्षीय किम सिग्देल रहेको जनाइएको छ । उनको असार ३० गते मलेसियाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको परिवारजनले जानकारी दिए ।

सन् २०११ देखि मलेसियाको एक कम्पनीमा सेक्युरिटी गार्डमा उनी कार्यरत थिए । डियुटीकै समयमा अचानक बिरामी परेपछि उनलाई अस्पताल लगिएको र त्यहाँ नै उनको मृत्यु भएको बताइएको छ ।

उनको शव सोमबार राती साढे १० बजे त्रिभुवन विमानस्थल काठमाडौँ आइपुगेको र परिवारजनले राती नै शव बुझेर आज मङ्गलवार दिउँसो घर ल्याई पुर्‍याएका थिए । उनको आजै भद्रपुर ९ स्थित स्वर्गद्वारी अन्तेष्ठी घाटमा अन्त्येष्टि गरिएको जनाइएको छ ।


Last Updated on: July 26th, 2023 at 6:07 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया