आइतबार ०९ बैशाख २०८१

362498585 796376872223149 3204903449085285801 n

बागलुङ । गएराति मृत फेला परेका इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नावय निरीक्षक उज्जल पौडेलको मृत्युबारे प्रहरीले अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यलय बागलुङका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्का नेतृत्वको टोली घटनास्थलमा पुगी अनुसन्धान सुरु गरेको हो ।

पौडेल बडिगाड गाउँपालिका- ६ स्थित आशा होटल एण्ड खाजा घरमा मृत फेला परेका थिए । घटनास्थलको प्रारम्भिक अवस्थाको बारेमा जानकारी दिँदै प्रमुख खड्काले आफुहरु घटनास्थल पुग्दा शव होटलको भुइँतलामा रहेको कोठाको ढोका नजिकै उत्तानो अवस्थामा फेला परेको बताए ।

मृतक पौडेलका आफन्तहरु घटनास्थलमा आइसकेकोले मुचुल्का गरी शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम ल्याउने तयारी भएको उनले जानकारी दिए ।

362503091 3495095874153905 6543835263914426005 n

सोमबार दिनभर बडिगाड खोलमा बालुवा उत्खननको अनुगमन गरेर फर्केका पौडेलले साँझ खारा प्रहरी चोकीको टोली फिर्ता पठाई अाफू भने इलाका प्रहरी कार्यालय भिमगिठेतर्फ लागेका थिए । साेही क्रममा उक्त होटलमा खाजा खान पसेको र पछि मृत भेटिएकाे प्रारम्भिक अनुसन्धानले देखाएको बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताइन् ।

प्रहरीले होटल सञ्चालक महिला आशा कुँवर र उनका छोरा २१ वर्षीय विनोद कुँवरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रहरी अधिकृत नै खाजा घरमा मृत फेला पर्नुले आम नागरिकहरुमा अनेक शंका-उपशंकाहरु पैदा गराएको छ । समाजमा घटेका घटनाहरुको अनुसन्धान गर्ने प्रहरी अधिकृत नै मृत फेला परेको घटनाको सूक्ष्म अनुसन्धान गरी प्रहरीले घटनाको वास्तविकता ल्याउनुपर्ने स्थानियहरुले माग गरेका छन् ।


Last Updated on: July 25th, 2023 at 11:12 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया