media1612496777

बाग्लुङमा मृत भेटिए वरिष्ठ सई

समाचार

बागलुङमा इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज मृत अवस्थामा फेला परेका छन्। बडिगाड गाउँपालिका-६ खाल सानो बजारस्थित एक होटलमा ४१ वर्षीय वरिष्ठ सई उज्ज्वल पौडेल मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका एसपी योगेन्द्रकुमार खड्काका अनुसार मंगलबार बिहान २ बजेतिर मृत फेला परेका हुन्। उनी इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्जसमेत हुन्।

सोमबार राति ८ बजेतिर उनी त्यस होटलमा पुगेको एसपी खड्काले बताए। ‘होटलको भुइँ तलामा शव उत्तानो परेको अवस्थामा फेला परेको छ। आफन्त आउँदै गरेकाले हामीले केही काम गरिसकेका छैनौं,’ उनले भने।

के कति कारणले मृत्यु भएको भन्ने पनि अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *