आइतबार ०९ बैशाख २०८१

IMG 8767

अछाम — अछामको पन्चदेवल विनायक नगरपालिका -४ कालिकास्थान मोडमा मलामी बोकेर जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । उनीहरुमध्ये चार जनाको अवस्थाको गम्भीर रहेको छ ।

आइतबार दिउँसो पञ्चदेवल विनायक नगरपालिका-४ को कालिकास्थान नजिकै मलामी बोकेर घाटतिर जाँदै गरेको भे १ त ६७५६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा २३ वर्षीय बिर्ख बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते २५ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल मंगलसेन पठाइएको छ

पञ्चदेवल विनायक नगरपालिका – २ तोलीबाट मलामी बोकेर कर्णाली नदीको बेलखेत जाँदै गरेको ट्र्याक्टर कालीकास्थानमा आइतबार दिउँसो दुर्घटना भएको हो । ट्र्याक्टरमा ७० वर्षीय जहरी कामीको शवसहित मलामी बोकेर गइरहेको बेला घुम्तिमोडमा मोड्ने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।


Last Updated on: July 24th, 2023 at 8:13 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया