IMG ea9f72f6868cba999294d869f03939a7 V1690121638

सामाखुसीमा बाढीमा बेपत्ता भएका बालक अझै फेला परेनन्

समाचार

काठमाडौं । काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालक अझै फेला परेका छैनन् ।आइतबार विद्यालयबाट घर फर्किएपछि खेल्न निस्केका १३ वर्षीय साजन मगरलाई स्थानीय सानो खोल्सीले बगाएको थियो ।

महाराजगञ्ज प्रहरीले ती बालक सोमबार बिहान १० बजेसम्म पनि फेला नपरेको र खोजी कार्य जारी रहेको जनाएको छ ।नेपाल प्रहरी, सशस्त्र प्रहरी, विपद व्यवस्थापनको टोली खोजी कार्यमा खटिएका छन् ।

काठमाडौंमा आइतबार अत्यधिक वर्षा हुँदा साना खोला-खोल्सीमा बाढी आएको थियो । सामाखुसी, रानीबारी लगायतका क्षेत्रका घरमा बाढी पसेपछि जनजीवन प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *