361927017 830422765104951 1420710022176352430 n1689764888

साँगामा सडकबाट बस खस्दा ८ जना घाइते

समाचार

भक्तपुरको साँगामा बस खस्दा आठ जना घाइते भएका छन्। काठमाडौंबाट काभ्रे जाँदै गरेको बा ४ ख ९३९६ नम्बरको बस साँगामा खसेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा ८ जना घाइते भएका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ। मध्यपुर थिमी अस्पतालमा पाँच जना र डा. इवामुरा अस्पतालमा तीन जनाको उपचार भइरहेको हो।

उक्त बसमा सवार अन्यको पनि प्रहरीले उद्धार गरिसकेको छ। उक्त बसमा अन्दाजी १५-२० जना सवार थिए। के कारणले दुर्घटना भएको हो भन्नेबारे अनुसन्धानपछि थाहा हुने डिएसपी पाठकले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *