garbhawati

गर्भवतीको लडेर हात भाचियो, उपचारमा आर्थिक समस्या भएपछि सहयोगको याचना

समाचार

मुगु । जिल्लाको छायाँनाथरारा नगरपालिका वडा नं १२ भिताडकी नानी बिक यतिबेला मर्ने कि बाँच्ने भन्ने चिन्तामा छिन् । खेतिपाती गर्ने क्रम्मा लडेर हात भाचिएकि बिक गर्भवती पनि छिन् ।

उनको सत्केरी हुने मिति साउन १५ देखि २० गते भएको भएपनि सुत्केरी व्यथा लागेर अस्पताल जाँदा यहाँ उपचार सम्भव नहुने भन्दै अस्पतालले उनलाई अन्यन्त्र रेफर गरेको छ । तर आर्थिक अवस्था नाजुक भएकी बिक सुबिधा सम्पन्न अस्पतालमा उपचार गर्न जाने सक्ने अवस्था छैन ।

अहिले उनी धामीझाँक्रीको शरणमा छिन् । उनको लडेर हातसमेत भाँचिएको छ ।

परिवारको आर्थिक स्थिति नाजुक रहेकाले उनले आर्थिक सहयोगको याचनासमेत गरेकी छन् । उनको सहयोगका लागि ९८४८३१५२४०, ९८४८३०८७४२ तथा ९८४८३३४६१० मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *