आइतबार ०९ बैशाख २०८१

IMG 20230712 093115 1

वैशाखमा श्रीमान् गु;माएपछि दुई छोरालाई एक्लै हुर्काउनुपर्ने चुनौती आइपर्‍यो गीता भुसाललाई । उनले वैदेशिक रोजगारीमा जानुको विकल्प भएन । कपिल वस्तुको बुद्ध भूमि नगरपालिका वडा नं १ कपासी कपिलवस्तुकी गीता दुबई गएको एक महिना पनि भएको छैन । यता घरमा दुवै नाबालग छोरालाई एकै/पटक सर्पले टोकेर ज्या;न गएको खबर आयो ।

भारतमा रोजगारी गरेर घरमा कमाउने उनका श्रीमान् बाबुराम भुसालले यही वैशाख ७ गते आ-त्मह;त्या गरेका थिए । ९ वर्ष र १२” वर्षका छोराहरु भएकी गीतालाई ठूलाे बज्रपात पर्‍यो । सामान्य आर्थिक अवस्थाकी गीतालाई एकातिर अल्पायुमै श्रीमान् गुमाउँदाको पीडा त छँदै थियो, अर्कोतिर भर्खर हुँर्कदै गरेका दुई छोराहरुलाई कसरी पढाउने र उनीहरुको भविष्य राम्रो बनाउने चिन्ताले सताइरहेको थियो ।

श्रीमान्‌को काजकिरिया सकेपछि उनले सासुससुरा, देवर, माइती तथा अन्य परिवारका सदस्यहरुको सल्लाहमा दुबई जाने र दुई छोराहरुलाई सासु-ससुराको जि म्मा लगाउने योजना बनाइन् । परिवारले त्यो कुरा मान्यो र २५ दिन अघि उनी दुबई पुगिन् । तर सोमबार राति गीताको घरमा अर्को विपत्ति आइलाग्याे । आफ्नै हजुरआमा सँगै सुतेका उनका दुई छोराहरुलाई सर्पले डस्यो र मंगलबार ज्या”नै गयो ।

छिमेकीहरुका अनुसार सुरुमा सर्पले ड*सेको कुनै पत्तो भएन । हजुर आमासँगै भूँइमा बिस्तारा लगाएर सुतेका उनीहरु दुवै छट्पटाउन थालेपछि एकछिन घरमा हल्ला,खल्ला भयो । बुढा भएका हजुरबुबा आमाले सामान्य ठानेर केही घण्टा घरेलु उपचार गरे ।

छिमेकी शारदा बन्जाडेका अनुसार बिहान ४ बजे दुवै जनालाई गोरुसिंगेको बुद्ध पोलिक्लिनिक पुराइयो । तर उनीहरुको अवस्था गम्भीर बनिसकेको थियो । त्यहाँका संचालकले तत्काल बुटवल लैजान सुझाएपछि छिमेकीले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पुराएपनि बचाउन सकेनन् ।

परिवारमा बुढा हजुरबुबा आमा सँगै बस्दै आएका ९ वर्षका प्रदीप भुसाल र १२ वर्षका दीपक भुसाललाई समयमै सर्पले डसेको थाहा भएको भए गोरुसिंगेमै रहेको सर्पदंश उपचारमा लगेर बचाउन सकिने थियाे । तर, उपचारमा ढिलाइ भएकाले अकालमा ज्यान गएको छिमेकीको आंकलन छ ।

सर्पले डसेको थाहा नपाएर यस्तो कलिला बाबुहरुलाई गुमाउनुपर्यो, समयमा थाहा पाउन सकेको भए यही छिमेकमै सर्पदंश उपचार थियो. वडाका वडाध्यक्ष तेजबहादुर बस्नेतले नेपाल प्रेससँग भने, परिवारमा उस्तै समस्या छ, बुवा बितेको ३ महिना पनि पुगेको छैन, यिनै बाबुहरुको भविष्यको लागि आमा दुबई गएको अवस्था छ अब कसरी उनलाई ल्याउने भन्ने चिन्ता छ ।’

मृ,तक दुई भाई गोरुसिंगेको पारिजात बोर्डिङ स्कुल अध्ययन गर्दै आएका थिए । हजुरआमासँगै भुइँमा ओ-छ्यान लगाएर सुतेका उनीहरु राति अचेत अवस्थामा देखिएपछि उपचारका लागि स्थानीय मेडिकलमा पु;र्याइएको थियो । त्यहाँबाट उपचार सम्भव नभएपछि उनीहरुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएको थियो ।

घरबाट पाँच किलोमिटरमा सर्पदंश उपचार केन्द्र भए पनि सर्पले डसेको शङ्का नै भएन । अरु केही भएकाे होला भनेर उपचारका लागि बुटवल लगिएको स्थानीय पशुपति शर्माले बताए । अस्पतालको रिपोर्टमा सर्पदंशको कारण मृत्यु भएको टिपोट भएको कपिलवस्तु स”र्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए । हजुरआमालाई अहिले सर्प”दंश उपचार केन्द्र भर्ना गरिएको छ । उनको अवस्था सामान्य रहेको भण्डारीले जानकारी दिए ।

यसैगरी सोमबार सर्पले डसेको थाहा नहुँदा थप दुई महिलाको मत्यु भएको सर्पदंश उपचार केन्द्रले जनाएको छ । मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिकाका ३१: वर्षीया अनिता यादव र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका वर्ष १४ की ममता चमार छन् ।

दुवै जनालाई गोमन सर्पले डसेको हुनसक्ने बताइएको छ । पेट दुख्ने, थुक निल्न गारो हुने, आँखा खोल्न अ”प्ठ्यारो हुने, शरीर दुख्ने जस्ता लक्षण सर्पको डसाइको हुने भएकोले त्यस्तो देखिएमा सर्पदंश उपचार केन्द्रमा जानुपर्ने भण्डारीले बताए ।”


Last Updated on: July 14th, 2023 at 8:48 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया