आइतबार ०९ बैशाख २०८१

mo 1

इटहरीः सुनसरीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।इटहरी–१३ खनारस्थित नहर छेऊको बाटोमा दुर्घटना हुँदा ५ वर्षीया सदीक्षा राईको ज्यान गएको प्रहरीले जनाएको छ ।

स्थानीय सुलेमान मियाँ सवार प्र १–०२–०४३ प ७४१४ नम्बरको मोटरसाइकलले सदीक्षालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको विराटनगरस्थित नोवेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सुलेमान मियाँलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ


Last Updated on: July 13th, 2023 at 12:43 pm
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया