gold1642743725

बिहीबार पनि बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

समाचार

नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *