आइतबार ०९ बैशाख २०८१

Screenshot 20230711 132907 Facebook

चाँगुनारायण न.पा ५ वन्टीस्थित देकोचाबाट चाँगुतर्फ जाँदै गरेको बा १२ च १९३० नं को कार दुर्घटनामा परेकाे छ । चाँगुनारायण नगरपालिका वडा नं ५ निवासी तथा साेही वडाका वडा अध्यक्ष समेत रहेका बर्ष ४५ को जयेन्द्र खड्का साे दुर्घटनामा परि घाइते भएकाे प्रहरीले जनाएको छ ।

प्रहरीले कार चालक खड्का वडा अध्यक्ष रहेकाे समेत प्रष्ट पारेकाे छ । प्रहरीले साे कार आफै अनियन्त्रित भई दुर्घटना भएकाे उल्लेख गरेकाे छ भने ट्राफिक प्रहरीको प्रारम्भिक अनुसन्धान र परीक्षणले खड्काले मादक पदार्थ सेवन गरेकाे खुलेकाे छ ।

घाइते खड्काको उपचारको लागि स्थानीय मेडिकल लगिएकोमा सामान्य उपचारपछि घर गएको खुलेकाे छ। उनकाे खुट्टामा सामान्य चोट लागेकाे पनि प्रहरीले जनाएको छ ।


Last Updated on: July 12th, 2023 at 3:22 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया