nagar prahari

सडकमा ठेला र साइकल खोस्दै लछारपछार गर्ने नगरप्रहरीको जागिर चैट !

गृह

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सडक व्यापारीको ठेला र साइकल खोस्दै लछारपछार गर्ने करारका नगरप्रहरीको जागिर खोसेको छ ।

सडक व्यवसायीमाथि अमानवीय व्यवहार गरेको जनगुनासोका आधारमा ७ जना नगरप्रहरीलाई जागिरबाटै हटाएको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार ७ जना करारका नगरप्रहरीको जागिर खोसिएको छ भने ५ जनालाई निलम्बन गरिएको छ ।

पहिले उनीहरुलाई विभागीय कारबाही गर्दै सचेत गराइएको तर फेरि अमानवीय व्यवहार गरेको भन्ने जनगुनासो बढेपछि जागिरबाटै हटाएको उनले जानकारी दिए । साथै सबै नगरप्रहरीलाई महानगरले आचरणसम्बन्धी तालिम दिन लागेको समेत उनले बताए ।

पछिल्लो समय विभिन्न सडक व्यवसायीमाथि अमानवीय व्यवहार भएको भन्दै सामाजिक सञ्जालबाट र जनस्तरबाट महानगर प्रहरीको चर्को आलोचना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *