sapana

स–साना कलिला लास अन्त्येष्टि गर्दा एकदमै दुःख लाग्छ: सपना रोका मगर

समाचार

असार ।बेवारिसे लासकी आफन्त पशुपति आर्यघाटमा दर्ता गर्ने ठाउँमा ‘बेवारिसे सपना’ भनेर मेरो नाम, नम्बर लेखेर टाँसिदिएका छन् । बेवारिसे लासको सद्गत गर्न पैसा नभएकाहरूले मलाई फोन गर्नुहुन्छ । उहाँहरूले दागबत्ती आफैं दिनुहुन्छ र त्यहाँ लाग्ने सम्पूर्ण खर्च हामी उपलब्ध गराउँछौं ।

मैले लगभग सबैजसो त्रिवि शिक्षण अस्पतालबाट नै बेवारिसे लास ल्याएर दाहसंस्कार गर्दै आएकी छु । कुनै पनि ठाउँमा लास भेट्टाइएपछि सम्बन्धित ठाउँको प्रहरीले हेर्छ । उसले अनुसन्धान गर्दै पोस्टमार्टमका लागि अस्पताललाई लास दिन्छ । लासमा भेट्टाइएको तथ्य, प्रमाणको आधारमा स्थानीय निकायसम्म पत्राचार गरेर खोजी कार्य अगाडि बढाइन्छ ।

जब ४५ दिनसम्म त्यसका बारेमा कुनै आफन्तहरू आएनन् वा त्यसबारेमा जानकारी प्राप्त भएन भने त्यो लास बेवारिसे ठानिन्छ । केही गरी आफन्त आउँछन् कि भन्ने आशले केही महिनासम्म अस्पतालमा पनि राखिन्छ ।

तर, उक्त लास दुर्गन्धित भएर अन्य लासलाई असर गर्ने वा लास राख्न समेत समस्या भयो भने प्रहरी प्रशासनले हाम्रो संस्थालाई पत्र लेख्छ । पत्रमा लेखिएको शवको नम्बर अनुसार हामी लासलाई शववाहनमा हालेर पशुपति घाटमा पुर्याउँछौं ।

घाटमा जलाउनका लागि एउटा लास बराबर १८०० रुपैयाँ पशुपति क्षेत्र विकास कोषलाई बुझाउनुपर्छ । त्यसबाहेक दाउरा, पराल अन्य समान प्रयोग गरेर अन्त्येष्टि गर्न १२ देखि १५ हजार रुपैयाँ खर्च लाग्छ ।

यस्ता बेवारिसे लास सामान्यतः ८–९ महिनासम्मका हुन्छन् । आफन्तले लिन आउँछन् कि भनेर कुरेर बस्दा कुनै लास दुई वर्षसम्म पनि बेवारिसे अवस्थामा रहेका हुन्छन् । धेरैजसो ५० वर्षभन्दा माथिका मानिस बेवारिसे अवस्थामा फेला पर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *