Iksa

हात्ती आ:क्रमणबाट घाइते अर्जुन धाराकी इक्साको उपचारमा आर्थिक अभाव

समाचार

हात्तीको आ”क्रमणमा गम्भीर घा:इते भएकी अर्जुनधारा नगरपालिका ३ खुदुनाबारीकी १३, वर्षीया इक्सा लिम्बूको उपचारमा आर्थिक अभाव भएको छ ।

छिमेकी आफन्तको घरमा ५ दिन अघि रातको ३, बजेतिर उनी हात्तीको आक्रमणमा घाइते भएकी थिइन् । हाल उनको विर्तामोड स्थित बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको उपचारमा छ लाखदेखि आठ लाख रुपैयाँसम्म खर्च लाग्ने प्रारम्भिक अनुमान छ ।

हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार घाइते इक्साको कम्मरमा हात्तीको दाह्राले घोचेकाले गहिरो प्वाल छ भने देब्रे कान चुँडिएको छ । स्वास्थ्य परीक्षण प्रतिवेदनका अनुसार उनको फोक्सोमा पानी जम्न थालिसकेको छ भने छातीको एउटा करङ भाँ,चिएको, हातको पाता खुस्किएको र हड्डी चोइटिएको छ।

चिकित्सकले तत्काल तीन शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको थियो गिरीले भने, दुई शल्यक्रिया भइसकेको छ पेटबाट अत्यधिक रक्तश्राव भइरहेका कारण अर्को शल्यक्रिया आइतबार मात्र गरिने भएको छ।

स्थानीय खगेन्द्र लिङ्देनका अनुसार खुदुनाबारीको जनता माध्यमिक विद्यालयमा कक्षा ९,मा अध्ययनरत इक्साका बुवा पहलमान लिम्बूको यस अघि नै निध,न भइसकेको छ भने आमाले दोस्रो विवाह गरेर गएको हुँदा हाल उनी ९४, वर्षीया हजुर आमाको संरक्षणमा बस्दै आएकी छन् ।

घरको आर्थिक अवस्था दयनीय छ लिङ्देनले भने, घाइतेको अवस्था गम्भीर रहेका कारण उपचारमा आर्थिक अभाव तगारो बन्ला कि भन्ने देखिएको छ त्यसै कारण स्थानीय युवा भाइहरुले आर्थिक सहयोग अभियान चलाइरहनु भएको छ।

अस्पतालमा औषधिसहित हालसम्ममा चार लाख खर्च भइसकेको बताइएको छ । नगरपालिकाले घाइतेको उपचारमा ४० हजार सहयोग प्रदान गर्ने निर्णय गरेको वडा नं ३ का वडाध्यक्ष सीताराम भट्टराईले जानकारी दिए ।

युथ अफ खुदुनाबारी नामक सामाजिक संस्थाले सामाजिक सञ्जालमार्फत इक्साको उपचारका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष मनोज सिटौलाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *