binod bist 768x509 1

साढे ६ लाख रुपैयाँ चोरेको आरोपमा वडाध्यक्ष पक्राउ

समाचार

सुर्खेत, असार २४ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –३ का वडाध्यक्ष विनोदसिंह विष्ट रकम चोरी गरेको आरोपमा पक्राउ परेका छन् ।

विष्टलाई उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटपाट गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत डीएसपी लक्ष्मण शाहीले जानकारी दिए ।

बिहीबार वडाध्यक्ष विष्टसहित ३ जनाले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेर फरार भएको उजुरी प्रहरीमा परेको थियो ।

वडाध्यक्ष विष्ट, सुशील गुरुङ, बलिराज शाहीले खोर्केखोला तटबन्ध उपभोक्ता समितिको रकम धम्क्याएर लगेको उजुरीमा उल्लेख छ। बिहीबार दिउँसो ३ बजेतिर टोल समिति अध्यक्षको घरबाट उनीहरुले रकम लिएको आरोप छ ।

उनीहरुले काम सिध्याई बाँड्न लागेको रकम धम्क्याएर लगेको उपभोक्ता समितिका सदस्य दिपा खड्काले बताइन् । वडाध्यक्ष विष्ट यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिवलाई मुक्का हानेर चर्चामा आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *