Screenshot 2023 07 09 10 55 28 864 com.picsart.studio edit

श्रद्धाञ्जलीका लागि नाट्य एकेडेमीमा राखियो गायक रोविन तामाङको शव

समाचार

गायक रोविन तामाङलाई श्रद्धाञ्जली अर्पण गर्न आइतबार बिहान उनको शव संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा राखिएको छ।बिहानैदेखि उनलाई श्रद्धाञ्जली अर्पण गर्न एकेडेमी परिसरमा कलाकार र फ्यानहरूको बाक्लो उपस्थिति छ।

उनको शव ११ बजेसम्म राखिने छ।त्यसपछि अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लग्ने कार्यक्रम छ। रोविनको गत मंगलबार निधन भएको थियो। उनी बूढानीलकण्ठस्थित निवासमा मृत भेटिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *