आइतबार ०९ बैशाख २०८१

samir subdei1

म्याग्दी । लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दी मा पछिल्लो पुस्ताहरु शैक्षिक क्षेत्रमा नेपालकै सर्बोत्कृट नतिजा निकाल्न सफल भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा २०७९ को ( एसइई ) मा सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका समिर सुवेदीले ४ जिपिए ल्याएका छन् । उहाँले ल्याएको नतिजा नेपालभरको उतकृष्ट नतिजा रहेको विद्यालय प्रअ लेखबहादुर हमालले बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइका ईकाई प्रमुख दलबहादुर थापाले यस बर्षको एसईई परीक्षामा म्याग्दीबाट सहभागि विद्यार्थीमध्ये प्रकाश माविका सुवेदीले ४ जिपिए ल्याएर जिल्ला प्रथम हुनुभएको बताउनुभयो ।

एसईइईमा सहभागि एक हजार ९०७ जना विद्यार्थीमध्ये ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या २१ रहेको छ । त्यस्तै ३.२ देखि ३.६ ग्रेड ल्याउने ६१ जना २.८ देखि ३.२ ग्रेड ल्याउने एकसय ७७ जना, २.४ देखि २.८ ग्रेड ल्याउने तीनसय ८१ जना र २.० देखि २.४ ल्याउनेको संख्या पाचँसय ८० रहेको छ । १.६ देखि २.० देखि ग्रेड ल्याउने संख्या चार सय ९७ जना रहेका छन् भने १.२ देखि १.६ ग्रेड ल्याउने एकसय ६८ जना रहेका छन् । ०.८ देखि १.२ ल्याउने ३ जना रहेका छन् ।

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा माथिल्लो ग्रेड ल्याउनेको संख्या बढेको छ। एसइईमा २२ हजार ४ सय ७५ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन्।
बिहिबार २०७९ को एसइई नतिजा प्रकाशन भएको जानकारी दिँदै पत्रकार सम्मेलनमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले उक्त जानकारी दिएका हुन्।

बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार अघिल्लो वर्षको एसइईमा ९ हजार ६ सय ३३ जनाले ३.६ देखि ४ जिपिए ल्याएका थिए। यस्तै,बोर्डका सदस्य सचिव अर्यालका अनुसार ०.८ देखि १.२ जिपिए २२ सय जनाले ल्याएका छन्। १.२ देखि १.६ जिपिए ३८ हजार ७ सय ७० जनाले ल्याएका छन्। १.६ देखि २ जिपिए ८८ हजार ४ सय ४७,२ देखि २.४ जिपिए एक लाख २ हजार २ सय ९३ जना विद्यार्थीले ल्याएका छन्।

२.४ देखि २.८ जिपिए ८९ हजार ३ सय ३१ जना,२.८ देखि ३.२ जिपिए ६२ हजार ३ सय ६२ जनाले ल्याएका छन भने ५५ हजार ६९ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएको बोर्डका सदस्य सचिव अर्यालले जानकारी दिए।


Last Updated on: July 7th, 2023 at 9:46 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया