lala

अर्को जुनी केटी भएर जन्मनु नपरोस् भन्दै टिभी सेटमै रोइन् समीक्षा, पललाई दिइन् यस्ताे सुवेक्षा (भिडियो)

समाचार

काठमाडौं । गायिका समीक्षा अधिकारी आफू अर्को जुनीमा केटी भएर जम्मनु नपरोस भन्दै टेलिभिजन सेटमै रोकएकी छन् ।

न्यूज २४ टेलिभिजनको कार्यक्रम इटकमा अन्तर्वार्ता दिने क्रममा उनले विगतमा भोगेको दुखहरु स्मरण गर्दै टेलिभिजन सेटमै रोएकी हुन् ।आँसु पुछ्दै भन्छिन्, ‘म पनि नारी हुँ । मान्छे हुँ । मेरो पनि मन हुन्छ । अरुलाई जसरी पीडा हुन्छ । त्यस्तै हो मलाई पनि ।’

उनी थप भन्छिन्, ‘मलाई मेरो आफन्तहरुले एकछिन् पनि एक्लै हुन दिनुभएन । गलत निर्ण लिन्छिन् भनेर । मैले रुँन बाहेक के पनि गर्न सक्दिँन थिएँ…. केटी मान्छे भएर अर्को जन्ममा जन्मन नपाउँ म त ।’

उनले अभिनेता पल शाहलाई निराधार आरोप लगाएर मुद्धा नगरेको बरु उनलाई जोगाउनका लागि घटनाका सम्बन्धमा आफू नै दोषी बनेको तर्क दोहोर्याइन् ।

साथै उनले आफ्नो घरको तला पल शाहले भरेको क्षतिपूर्तिबाट थपेको भन्ने निराधार तर्कलाई पनि खारेज गरेकी छन् । १० लाख क्षतिपूर्तिको निर्णय अदालतले गरेको तर आफूले सो रकम नलिएको पनि उनले स्पष्ट पारेकी छन् ।

‘मेरो दाईले दुवइमा दुख गरेको पैसाले मेरो घरको तला थपिएको हो । तर ममीहरुलाई चाह मान्छेहरुले छोरीले पाएको १० लाखले तला थपेको भनेर टचर दिनुहुन्थ्यो । मेरो बाबुआमालाई कति पीडा हुन्थ्यो होला । म उहाँहरुको ठाउँमा पनि सोच्न सक्दिँन । आफूलाई नै त पीडा थियो नै,’ उनले भनिन् ।

त्यस्तैगरी समीक्षाले अभिनेता पल शाहलाई अहिले पनि राम्रो सुन्दै गरेको र आगामी दिनमा अझै राम्रो प्रगति हुँदै जाओस् भन्दै सुभकामना दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *