aliza 1 1

हर्क साम्पाङलाई भेटेकाे २४ घण्टामै बदलिइन एलिजा : पार्टी छाडेर समाजसेवामा लाग्ने घोषणा

समाचार

इटहरी । नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख एलिजा गौतमले राजनीतिबाट बिदा भएको घोषणा गरेकी छन् । सामाजिक सञ्जालमार्फत उनले आफू अब राजनीति छाडेर समाजसेवामा सक्रिय हुने बताएकी हुन् । प्रवेश गरेको छोटो समयमै नागरिक उन्मुक्ति पार्टीले उनलाई गत चैतमा महिला विभाग प्रमुखको जिम्मेवारी दिएको थियो । गौतमले आफू धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कामबाट प्रभावित भएको बताएकी छन् ।दलको सक्रिय राजनीति गर्नेहरूलाई एकचोटी धरान आएर मेयर हर्कको काम हेर्न उनले अनुरोध पनि गरेकी छन् । ‘यस पटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन्’, मेयर हर्कसितको तस्वीरसहितको पोस्टमा उनले लेखेकी छन् । एलिजा टीभी कार्यक्रम प्रस्तोता ऋषि धमलाकी पत्नी पनि हुन् । हाल उनी कोशी प्रदेशतिरकै यात्रामा छिन् ।

एलिजाले फेसबुकमा यस्तो लेखेकी छन्

‘धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु । उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैं उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ । आज उहाँको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुशी छु ।सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ ।

श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरूले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु । दलको सक्रिय राजनीति गर्नेहरूई एकचोटि धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु ।यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु । राजनीति छोडेको घोषणा गर्दै एलिजाले लेखिन्– मेयर हर्कको कामबाट प्रभावित छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *