aamesh

आमेश भण्डारीले समिक्षा सँग विवाह गर्न तयार छु, भनेपछि समिक्षाले दिइन् जवाफ”

मनोरंजन

गायक तथा फिल्म अभिनेता आमेश भण्डारी र गायिका समीक्षा अधिकारी पछिल्लो समय टिक-टकमा निकै हिटछन् । टिक,टक भिडियोमा यी दुईको केमेस्ट्री पनि देख्न सकिन्छ । एकअर्कालाई साथी भन्दै बर्थडे विस पनि गरिरहेका हुन्छन् । यी सबथोक हेर्दा यी २, बीच निकटता रहेको बुझ्न कठिन छैन।

हालैको अष्ट्रेलिया भ्रमणमा यी दुईले रमाइला टिक-टक बनाएर पोस्ट गरिरहेका थिए । यति बेला आमेश घर फर्किएका छन् । यही क्रममा एक टेलि-भिजनलाई अन्तर्वार्ता दिंदै उनले प्रस्ताव आए समीक्षा सँग विवाह गर्न आफू तयार रहेको समेत बताए।

उक्त टिभी शोका प्रस्तोताले आमेशलाई समीक्षाको बुबाआमा केटा माग्दै घर आउनु भयो भने के तपाईँ उनीसँग विवाह गर्न तयार हुनुहुन्छ भनेर सोधेका थिए । आमेशको जवाफ थियो, त्यस्तो भयो भने त एकदम लक्की हुन्छु । म विवाह गर्छु । मेरो उमेर पनि भयो ।

पछिल्लो समय समीक्षा र आमेशबीच प्रेमको चर्चापनि चलिरहेको छ । यो चर्चा बीच आमेशले विवाह गर्न तयार रहेको बताएका हुन् । तर समीक्षा मिल्ने साथी मात्र भएको उनले बताए । आमेश हाम्रो जोडी राम्रो देखेकाले दर्शकले यस्तो ठान्नु भएको होला तर अहिले हामी प्रेममा त छैनौं पछि के हुन्छ थाहा छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *