Min Bd Gurung

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

समाचार

काठमाडौँ । बालुवाटारको सरकारी जग्गा निजी बनाउने चर्चित काण्ड ‘ललिता निवास प्रकरण’मा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज मंगलबार नक्सालस्थित निजी निवासबाटै पक्राउ गरेको हो ।

कीर्ते गरेर सरकारी जग्गा व्यक्तिको नाउँमा ल्याएको अभियोगमा उनी लगायत विभिन्न व्यक्तिमाथि यसअघि नै अनुसन्धान भएको थियो । तर अनुसन्धान नटुंगिएको भन्दै सीआईबीले थप अनुसन्धानका लागि उनलाई पक्राउ गरेको हो । सीआईबीले डेढ वर्षअघि नै अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो । तर वकिलको कार्यालयले थप अनुसन्धान आवश्यक पर्ने भन्दै फाइल फिर्ता गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री, मन्त्री, सचिव लगायत मुछिएको यस काण्डमा मीन गुरुङले शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको

Leave a Reply

Your email address will not be published. Required fields are marked *