Prakash Saput 2 1

आफूमाथि बोतल आक्रमण गर्नेलाई प्रकाश सपुतको माफी, खुट्टै ढोगेर गल्ति स्विकारेका थिए

समाचार

काठमाडौं– रोमानियामा आयोजित सांगीतिक कार्यक्रममा आफूमाथि आक्रमण गर्ने नेपाली युवालाई गायक प्रकाश सपुतले सम्झाउँदै माफी दिएका छन् ।

सोही कार्यक्रममा गायक सपूतसंगै प्रस्तुति दिन रोमानियामा रहेकी गायिका प्रीति आलेले सोमबार राति फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै गायक सपूतले ती युवालाई सम्झाई–बुझाई गरेर माफी दिएको उल्लेख गरेकी छिन् ।

‘दुखेको मन, अतिकति आक्रोश पनि मिस्सिएको, संगै किन यस्तो गर्यो, कसले गर्यो होला, के कारण भन्ने प्रश्नहरु मनभरी थियो, गायिका आलेले करिव १० मिनेट लामो भिडियो शेयर गर्दै भनेकी छिन्– ‘दोषीसंग भेट भएको र यसरी माफी मागेपछि प्रकाश सपूत भाइले केही सम्झाइ–बुझाइसंगै माफी दिनु भएको भिडियो पोस्ट गरेकी छु ।’

भिडियोमा गायक सपूतले ती युवालाई प्रहरी तथा अध्यामनबाट बचाएर ल्याएर सम्झाइ–बुझाइ गरेको देखिन्छ ।

‘हामी यहाँ प्रहरीसंग डिल गरिरहेका छौं । नेपाली हो, सकेसम्म दुःख नदिउँ भन्ने हाम्रो चाहना छ । तपाईंलाई यहाँबाट फर्किनु नपरोस्, अर्काको जेलमा बस्नु नपरोस् भनेर मैले उहाँहरुलाई रिक्वेट गरिरहेको छु, गायक सपूतले ती युवालाई भनिरहेका छन्– ‘नरेशजीलाई एम्बेसीबाट फोन आइरहेको छ, उहाँसंग यहाँको प्रहरी सोधपूछ गरिरहेको छ । कार्यक्रम आयोजना गरेर सुरक्षा दिन सक्दैनस् भने कि हामी त्यो मान्छेलाई समाउँछौं कि तँलाई समाउँछौं भनेर भनिरहेको छ ।’

‘अब यहाँ (आयोजक) जेल जाने कि, म जेल जाने कि, तपाईं जेल जाने ?’ गायक सपूतले ती युवालाई सोधेका छन्– ‘यो राम्रो भयो त ?’

‘मैले तपाईंलाई किन भेट्न बोलाएको हो भने, गायक सपूतले भनेका छन्– ‘तपाईंले त मलाई हान्नु भयो, मलाई थोरै घाउ लाग्यो, दुख्यो, यो पनि सन्चो होला, तर यस्तो व्यवहारले तपाईंको भविष्य राम्रो होला त ? तपाईंको बा, आमा, घर, परिवार खुशी होला त ? यही कुरा तपाईंको बा आमाले थापा पाउनु भयो कति दुःखी हुनुहोला ?’

ती युवाका बुवा–आमाले घटनाको बारेमा जानकारी पाइसकेको आयोजकको भनाइ छ । ‘फोन गरेर माफी माग्नु भन्नु भएको छ, ती युवाले भनेका छन्–‘मलाई त्यसरी हान्न कसैले उक्साएको होइन । रमाइलो गर्दा गर्दै हान्नु पुगेछु ।’

गायक सपूतले आयोजकसंग पनि ती युवालाई माफी दिन आग्रह गरेका छन् । ‘मलाई जति दुखेको छु, मनमा दुखेको छ, नाकमा दुखेको छ, गायक सपूतले ती युवालाई यो घटनाले आफूलाई भन्दा उनलाई असर नगरोस् भन्ने भावना व्यक्त गरेका छन् ।

ती युवाले भने मदिराको नशामा रमाइलोका लागि त्यस्तो व्यवहार गरेको दोहोर्याउँदै भविष्यमा कसैप्रति पनि नराम्रो नगर्ने भन्दै गायक सपूतको खुट्टा ढोगेका छन् ।

आयोजकले पनि प्रकाश सपूतकै अनुरोधलाई स्विकार्दै प्रहरीमा ती युवाविरुद्ध दिएको उजुरी फिर्ता लिने बताएका छन् ।

गत आईतबार राति मध्यरातमा स्टेजमा गीत गाइरहेका सपुतमाथि कन्सर्टमा सहभागीले क्यान बोतल प्रहार गरेका थिए । ‘बोल माया’ गीत गाइरहँदा दर्शक दीर्घाबाट प्रहार गरिएको बोतल सपुतको अनुहारमै लागेको थियो । उनको नाकमा सामान्य चोट लागेको र आधा घण्टा कार्यक्रम प्रभावित भएको थियो ।

मादक पदार्थ सेवन गरेका व्यक्तिले गायक सपुतमाथि बोतल प्रहार गरेका थिए । आधा घण्टापछि सपुतले पुनः गायनलाई निरन्तरता दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *