11411348771170235249

रक्सी खाएर सर्प बोकेर हिडेका राजवंशीको सोही सर्पले डसेर मृत्यु

समाचार

हल्दिवारी गाउँपालिका -२ बस्ने अन्दाजी ३३ बर्षिय एक युवक सर्पले टोकेर मृत्यु भएको स्थानीयले बताएका छ्न । पारोखोपी बजार बस्ने ३३ बर्षिय शम्भु राजवंशीको बिषालु सर्पको टोकाइबाट मृत्यु भएको छ ।

गएराती १२ बजेतिर राजवंशी रक्सी खाएर सर्प बोकेर हिडेको अवस्थामा स्थानीयले भेटेको बताउँछन् । स्थानीयका अनुसार उनले रक्सीले मातेको शुरुमा कालो गोमन सर्पलाई पक्रेर खेलाउदै हिडेका थिए । सोही क्रममा सर्पले उनको दुवै हात, घाँटीमा डसेकाे थियाे । सर्पले डसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चाराआली लैजाने क्रममा बाटैमा मृत्यु भएको थियोे ।

स्थानीय प्रहरीका अनुसार उनको शवलाई आवश्यक छानबिन गरि पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *