manoj bhattta

उपचारका लागि धनगढी लैजाँदै गर्दा वडाध्यक्षको मृत्यु

समाचार

काठमाडौँ । दार्चुलाको दुहु गाउँपालिका–५ का वडाध्यक्ष मनोरथ भट्टको निधन भएको छ । उपचारका लागि कैलालीको धनगढी लैजाँदै गर्दा उनको बाटोमै निधन भएको हो ।

आइतबार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भट्टलाई जिल्ला अस्पताल भर्ना गरिएको थियो । जिल्ला अस्पतालमा सम्भव नभएपछि उनलाई आज थप उपचारका लागि धनगढी पठाएको जिल्ला अस्पतालका सूचना अधिकारी राजेश भट्टले बताए ।

भट्टको धनगढी लैजाने क्रममा शैल्यशिखर नगरपालिका–६ को ग्वानीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

भट्टको शव जिल्ला अस्पतालमा राखिएको छ । उनको आजै शव परीक्षणपछि दाहसंस्कार गरिने बताइएको छ । भट्ट २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *