आइतबार ०९ बैशाख २०८१

1687768127 mayalal 1200x560 1

जुम्लाको हिमा गाउँपालिका–१ देवारगाउँका एक युवकको शव मलेसियामा अलपत्र परेको छ।वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका रातो दमाईका छोरा मयालाल परियारको शव मलेसियामा अलपत्र परेको हो।

अन्दाजी ३२ वर्षीय उनी २०७० साल साउन १९ गते नेपालबाट मलेसिया उडेका थिए। उनको मृत्युबारे यही असार ९ गते मात्रै थाहा भएको मलेसियामा बस्दै आएका उनकै गाउँका मृगेन्द्रकुमार शाहीले बताए।

परियार दिउँसो सुरक्षा गार्डको काम गर्ने भएकाले डिउटीमा गएको र राति उनलाई कोठाभित्र मृत भेटिएको शाहीले बताए। उनले भने, ‘हामीले भोलिपल्ट मात्रै थाहा पाएका हौं। हाल मृतकको शव मलेसियाको क्वालालम्पुरस्थित अस्पतालमा रहेको छ।’

उनको मृत्यु भएको ३ दिन भइसकेको छ। उनको शव नेपाल ल्याउनेबारे कुनै निकायले पहल गरेको देखिएको छैन। अहिले दमाईको शव प्रहरीको सुरक्षामा रहेको शाहीले बताए। शव नेपाल ल्याउन सरकारसमक्ष पहल गरिदिन सामाजिक सञ्जालमार्फत अनुरोध भएपनि कतैबाट काम नभएको आफन्तले बताएका छन्।


Last Updated on: June 26th, 2023 at 11:47 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया