आइतबार ०९ बैशाख २०८१

fresh 1

काठमाडौं । नेपालका पहिलो र्यापर भनेर चिनिने गिरिश खतिवडामाथि अहिले एक गम्भीर आरोप लागेको छ । एक फ्रेस हाउस सञ्चालकको रहस्यमय मृत्यु भएपछि त्यसलाई हत्या भएको दावी गर्दै मृतकका आफन्तले गिरिश खतिवडाविरुद्ध किटानी जाहेरी दिएका छन् । खतिवडा सञ्चालक रहेको रेष्टुरेन्टमा मासू आपूर्ति गर्ने कासिद अन्सारी भुक्तानी लिन पुगेका थिए । तर उनको त्यहाँ मृत्यु भयो ।

मृतकका आफन्तहरु भन्छन् – रेष्टुरेन्ट सञ्चालकहरुको यसमा संलग्नता छ । खतिवडाको दावी भने फरक छ ।

नेपालकै पहिलो ¥यापर भनेर चिनिने गिरिश खतिवडा हत्या आरोपमा मुछिएका छन् ।

मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्दै आएका कासीद अन्सारीको हत्या आरोपमा खतिवडाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेको छ ।

¥यापर खतिवडा विराटनगरस्थित “जी क्याफे एण्ड बिस्ट्रो” का सञ्चालक हुन् । गत असार ३ गते आइतबार विहान खतिवडाको क्याफेमा मासुको दिएबापत ४० हजार पैसा लिन अन्सारी क्याफेमा पुगेका थिए ।

त्यही पैशा माग्न गएका अन्सारीमाथि कुटपिट गरि हत्या गरेको भन्दै मृतकका आफन्तले खतिवडासहित क्याफेका कर्मचारी करण कुमार राजवंशी र अनुराग राउतविरुद्ध असार ४ मा जाहेरी दिएका हुन् ।

जाहेरी दरखास्तमा गिरिश खतिवडासहितका आरोपितहरु मिलेर सख्त घाइते बनाई सोहि चोटको कारण कासिद अन्सारीको मृत्यु भएको भनिएको छ ।

वर्षौदेखि मासु पसल संचालन गर्दै आएका मृतक अन्सारीको “जी क्याफे एण्ड बिस्ट्रो” मा पनि कारोबार रहेको र घटना भएको दिन मासुको रकम उठाउन बोलाई सुनियोजित हत्या गरिएको आरोप जाहेरीमा उल्लेख छ ।

क्याफेको सिसिटिभी क्यामेरा घटना हुनुभन्दा अघि मात्र खुल्ला रहेको र घटना भएको समयमा सिसिटिभी क्यामेरा बन्द गरिएको उल्लेख गर्दै मृत्यु स्वाभाविक नभएको जाहेरीमा उल्लेख गरिएको छ ।

अन्सारीको योजनाबद्ध रुपमा हत्या गरेको आरोप लगाउँदै मृतकका आफन्तले विराटनगर पत्रकाहरु बोलाएर घटनाबारे जानकारी दिएका थिए ।

आरोपित खतिवडा भन्छन्–म निर्दोश छु, घटनालाई राजनीतिकरण गर्न खोजिदैँछ !

घटनाबारे बुझ्न न्यूज २४ ले क्याफेका सञ्चालक खतिवडा सिधा सम्पर्क गरेको थियो। अनौपचारिक संवादका क्रममा खतिवडाले आफु निर्दोश भएको दाबी गरेका छन् ।

मृतक अन्सारी क्याफेमा मासु पु¥याएर फर्किने क्रममा सिसाको ढोकामा ठोकिएर ढोका फुटेको र सोहि फुटेको सिसाले काटेर उनको मृत्यु भएको उनको दाबी छ ।
घाइते भएका अन्सारीलाई उपचारका लागि उल्टै आफुहरुले अस्पतालसम्म पु¥याएको खतिवडाको भनाई छ ।

घटनाको समयमा सिसिटिभी क्यामेरा किन बन्द भयो भन्ने प्रश्नमा उनले त्यो समयमा बत्ती गएको दाबी गरेका छन् । घटनालाई राजनीतिकरण गरेर आफु र आफ्ना कर्मचारीलाई फसाउन खोजिएको उनको भनाई छ ।

मृतकाका आफन्त सडक आन्दोलनमा, प्रहरीविरुद्ध नै नारावाजी

हत्या आरोप लागेकाविरुद्ध हत्या आरोप लागेकाहरु हालसम्म पक्राउ परिसकेका छैनन् । प्रहरीले हत्या नै भएको हो भन्ने प्रमाण अहिलेसम्म नभेटिएको बताएको छ ।

मृतकका परिवारले अन्सारीको हत्या भएको र प्रहरीले पनि अनुसन्धानमा असहयोग गरेको आरोप लगाइरहेको छ । उनीहरु प्रहरीविरुद्ध नै नारावाजी गरिरहेका छन् ।

२० वर्षदेखि कर्सिया बजारमा फ्रेस हाउस सञ्चालन गर्दै आएका अन्सारीले विराटनगरमा १० वटा रेष्टुरेन्ट तथा क्याफेहरुमा मासु आपूर्ति गर्दै आएका थिए ।

(भिडियो)


Last Updated on: June 26th, 2023 at 8:12 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया