आइतबार ०९ बैशाख २०८१

Sharmila Waiba Narnath Ga

काठमाडौं । आफूलाई अभियन्ता दाबी गर्ने विवादित महिला शर्मिला वाइबाले विवादित स्वघोषित कथित अभियन्त नरनाथ गौतमलाई चप्पले दनक दिएकी छिन् ।केही दिन अगाडि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको पार्किङमा गौतमलाई वाइबाले धुलाइ गरेकी हुन् । गौतमविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रहरीलाई भ्यानसहित लिएर आएकी वाइबाले गौतमलाई पक्राउ गरेकी हुन् । गौतम र वाइबाबीच बेलाबेला विवाद हुँदै आएको छ ।प्रहरीले पक्राउ गर्ने बेला वाइबा र गौतमबीच केही समय तल्लोस्तरको गालीगलौज पनि भएको थियो । गौतमलाई प्रहरीले पक्राउ गरेर भ्यानमा हालेर लगेको थियो । वाइबाविरुद्ध गौतमले मुर्दावाद भनेर नारा लगाएका थिए ।

गौतम निकै विवादित व्यक्ति हुन् । गौतमले धेरैलाई अभियन्ताको नाममा ठगी गरेको आरोप लाग्दै आएको छ ।वाइबा पनि कम्ताकी छैनिन् । केही महिना अगाडि पत्रकार ऋषि धमलासँगको स्क्याडलमा विवादमा परेकी थिइन् । पत्रकार धमलाले काजु खाएर सेक्स गर्ने गरेको भन्ने बयान दिएपछि काजुको माग बढेको थियो ।सामाजिक सञ्जालमा वाइबा र गौतमले निकै छाडा बोलेर हैरान बनाएका छन् । उनीहरूका हर्कतबाट प्रहरी प्रशासन दिक्क भएको छ ।


Last Updated on: June 26th, 2023 at 4:46 am
२ पटक हेरिएको

तपाईको प्रतिक्रिया