maxresdefault 10

पशु उपचारका लागि औषधी बोकेर घरमै वडाध्यक्ष

समाचार

बाजुरा । गाई/भैँसीलगायत पशुचौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग प्रकोपकै रुपमा फैलिरहेको छ । देशभरका विभिन्न जिल्लामा लम्पी स्किन रोग फैलिएको छ । हालसम्म १५ हजारभन्दा धेरै पशुचौपायामा सङ्क्रमण भएको पशु सेवा विभागले जनाएको छ । यसवर्ष गएको पुसदेखि नै पशुचौपायामा फाट्टफुट्ट रोगको सङ्क्रमण देखिन थालेको थियो । पशु चौपायामा संक्रमण बढेपछि बाजुरा बुढीगंगा नगरपालिका–६ का वडाध्यक्ष औषधि बोकेर घरघर धाउन थालेका छन् ।

बाजुराका पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण देखापरेको छ । सुरूमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको हाल प्रकोपकै रूपमा फैलिएको छ । रोग फैलिएपछि बुढीगंगा नगरपालिका–६ का अध्यक्ष हेमराज जैशी औषधि बोकेर पशुहरूको उपचारका लागि घर,घरमा पुगिरहेका छन् । नगरपालिका भित्र रहेका कृषकको घरका पशु चौपाया भट्टाभट मर्न थालेपछि वडाध्यक्ष जैशी वडा र नगरपालिका अन्य काम छोडेर चौपायाहरूको उपचारका लागि घर दैलो पुगेका हुन् । वडामा हालसम्म ७ वटा पशुचौपा मरेका स्थानीयले बताएका छन् । नयाँ रोग आएको भन्ने खवर पाएपछि स्थानीयले वडाध्यक्षलाई खवर गरेका थिए । नयाँ रोगको बारेमा जानकारी पाएपछि वडाध्यक्ष आफैले पशु चौपायाको उपचार गरिदिएको स्थानीयले बताए ।

पशुहरूमा लम्पी स्किन रोग गाउँमा फैलिएपछि आफू त्यो रोग नियन्त्रणका लागि वडा र नगरपालिका अन्य कामलाई छोडेर पशुपालकको गोठ छाना,खर्क जस्ता ठाउँमा पुगेर उपचार गर्ने गरेको अध्यक्ष जैशीले बताए । आफू पशुको डाक्टर पनि भएकाले किसानको मर्कामा सहयोगी बन्न पुगेकोे उनको भनाइ छ ।

रोग नियन्त्रणका लागि पशु सेवा विभाग, पशुसेवा प्रयोगशालाका टोली लम्की स्किन प्रभावितको स्थलगत अवलोकन गरिसकेका छन् भने नगरपालिकाले पशुसेवाबारे आवश्यक सल्लाह दिदै आएको छ । बुढिगंगा नगरपालिका वडा ६ मा ४५० घर धुरी परिवार संख्या रहेको छ । जस मध्ये ९० प्रतिशतले पशु पाल्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *