rbina 1 1

प्रियंकाकी सासू रविना देशराज विवाह बन्धनमा बाँधिईन

समाचार

काठमाडौं । रविना देशराज श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छन् । नायक आयुष्मान देशराज जोशीकी आमा तथा नायिका प्रियंका कार्कीकी सासू रविनाले बिहीबार प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग लगनगाँठो कसेकी हुन् ।

स्टुआर्ट बेलायती नागरिक हुन् । २०७९ सालको फागुन महिनामा प्रणय दिवसको अवसर पारेर रवीनाले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी थिइन् । आफ्नो इन्स्टाग्राममार्फत स्टाट्स लेख्दै रविनाले ईन्गेजमेन्टबारे जानकारी दिएकी थिइन् । प्रेम सम्बन्ध सार्वजनिक गरेपछि रविना केही दिन प्रेमीसँग बेलायत बस्न गइन् ।

केही दिन बेलायत बसेर उनी नेपाल फर्केकी हुन् । उनले लेखेकी थिईन, ‘मेरो अहिलेसम्मको यात्रा यस्तै थियो। अब मलाई थाहा छ कि म जीवनको यो यात्रामा एक्लै छैन। मेरो छेउमा मेरो एक जना साथी, सहयात्री र माया रहने छन्।’ उनले आफ्नो यो यात्रा छोराछोरीको साथ र समर्थनले थप पूर्णता दिएको पनि बताएकी छिन्।

सेलेब्रेटी बैंकरको रूपमा परिचित रविना मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत थिइन्। केही समय अगाडिमात्र उनले मेगा बैंकबाट राजीनामा दिएकी हुन्।उनी मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रहँदा प्रबल जनसेवाश्री (चतुर्थ) बाट विभूषित समेत भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *