received 743315827479704 1

गोरखामा जन्ती बस दुर्घटना: ५ जनाको मृत्यु, १४ घाइते

समाचार

गोरखा, ८ असार । जिल्लाकाे शहिदलखन गाउँपालिका वडा नम्बर ३ मनकामनामा जन्ती बोकेको जीप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ ।

सहिद लखन गाउँपालिका ३ मनकामनामा स्थित सिलिङ र ढाँडवारी वीचमा पर्ने अमल डाँडा भन्ने स्थानमा मा शुक्रबार बिहान करिव ३:३० बजे जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको हो । घटनामा १४ जना घाइते भएका छन् ।

दुलहा दुलही र जन्ती बाेकेर कोटगाउँबाट पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जीप आज बिहान तीनबजे दुर्घटना भएको प्रहरीले जनाएको छ । जीपमा १९ जना सवार रहेका थिए ।

सडकबाट झण्डै दुईसय मिटर तल खसेर जीप दुर्घटना भएको घटनास्थलबाट डिएसपी लीलाराज लामिछानेले बताए । घटनास्थलमा स्थानीय सहित नेपाली सेना र सशस्त्र प्रहरीको टोली पुगेर उद्धार गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *