viber image 2023 06 18 17 02 53 952 1

विद्यालयको जस्ता चोरेर वडा सदस्यले बनाए सुँगुरको खोर

समाचार

निर्वाचित जनप्रतिनिधिले विद्यालयको जस्ता चोरेर सूँगुरको खोर बनाएका छन् । दोरम्बा शैलुङ गाउँपालिका वडा नं ४ गौश्वाराका वडा सदस्य हरिबहादुर मगरले विद्यालयको सामान चोरेर सुँगुरको खोर बनाएका हुन् । वडाको शिवलेङगेश्वर मा.वि ताम्चेतको विद्यालय परिसरमा राखेको जस्तापाता, फलाम, काठ–पात लगायतका सामाग्री वडा सदस्य मगरले राति गाडीमा लोड गरी लगेको स्थानीयले बताए ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य मगरले लाखौँ मूल्य पर्ने विद्यालयको सामान लगेको स्थानीयको भनाई छ । एक पटक प्रयोग गरी निकालेर राखिएका काठ, जस्तापाता, फलामका विभिन्न सामाग्री राता–रात उठाएको सोही विद्यालयको व्यवस्थापन समितिका एक पदाधिकारीले नाम नभन्ने सर्तमा बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *