Gulshan Jha 1024x624 1

गुल्सन झाले लिए वेष्ट इण्डिजको दोस्रो विकेट

समाचार

७ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा गुल्सन झाले वेष्ट इण्डिजको दोस्रो विकेट लिएका छन् ।जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा गुल्सनले खातै खोल्न नसकेका जोन्सन चार्ल्सलाई विकेट किपरले आसिफ शेखको हातबाट क्याच गराएका हुन् ।

यसअघि करण केसीले केल मयर्सको विकेट लिएका थिए ।वेष्ट इण्डिजले ४.१ ओभरमा २ विकेट गुमाएर ९ रन मात्र बनाएको छ ।नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेपछि वेष्ट इण्डिजले ब्याटिङ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *