balen 2

एक वर्षमा ५ हजार जनालाई रोजगारी दिने मेयर बालेनको घोषणा

समाचार

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले एक वर्षमा पाँच हजारलाई रोजगारी दिने घोषणा गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे यस्तो घोषणा गरेका हुन्। यस्तै उनले परम्परागत पेय पदार्थलाई ब्रान्डिङ गरेर निर्यात गर्ने लक्ष्य नीति तथा कार्यक्रम गर्ने घोषणा गरेका हुन्।

त्यस्तै, मेयर शाहले आगामी आर्थिक वर्षमा महानरभित्र १ लाख वृक्षारोपण गर्ने, सबै सडक पक्की गर्ने, खाल्डाखुल्डीरहित काठमाडौं शहर निर्माण गर्ने घोषणा गरेका छन् । काठमाडौंको नीति तथा कार्यक्रम अहिले राष्ट्रिय सभाहलमा मेयर बालेनले प्रस्तुतीकरण गरिरहेका छन् ।

यो पनि: काठमाडौं महानगरमा साउनदेखि ४० माइक्रोनभन्दा पातला प्लास्टिक प्रतिबन्ध, काठमाडौं महानगरपालिकाले यही साउन १ देखि ४० माइक्रोनभन्दा पातला प्लास्टिकमा प्रतिबन्ध लगाइने भएको छ । मेयर बालेन्द्र शाहले बुधबार आगामी आर्थिक वर्ष २०८०।८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एकल प्रयोगको प्लास्टिकलाई निषेध गर्ने, प्लास्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातमा समेत रोक लगाउने जानकारी दिएका हुन् ।

‘संवत् २०८० श्रावण १ गतेबाट एकल प्रयोगको प्लास्टिकलाई निषेध गर्ने, प्लास्टिकको फूलगुच्छा उत्पादन, विक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइनेछ र यसको कार्यान्वयनलाई प्रभावकारी बनाइनेछ,’ नीति, कार्यक्रममा उल्लेख छ ।यस्तै महानगरको फोहर व्यवस्थापनमा रहेको लामो समयदेखिको अन्योलतालाई अन्त्य गरी आगामी आर्थिक वर्षभित्र ठोस योजना सहित दिगो समाधानको कार्य प्राथमिकताका साथ कार्यान्वयन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *