आइतबार ०९ बैशाख २०८१

kanunmantir singh

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह गाडी दुर्घटनामा मृत्यु भएको छ ।

मंगलबार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर, बझाङ आउँदै गर्दा दुर्घटना हुँदा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा मृत्यु भएको हो । नेपालगन्जको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको निधन भएकाे इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

गाडी दुर्घटनामा परी मन्त्री सिंहकी पत्नी र भाउजूको पनि मृत्यु भएको छ । सिंहसँगै उपचारका लागि नेपालगञ्ज ल्याइएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीकाे भने उपचार भइरहेको छ ।

दुर्घटना भएको गाडीमा मन्त्रीसहित ५ जना सवार रहेका थिए । मन्त्री सवार गाडी दिउँसो दुई बजेतिर केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।


Last Updated on: June 20th, 2023 at 12:57 pm
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया