आइतबार ०९ बैशाख २०८१

kabjiyat

मास खेसरी बाहेक बोक्रै सित पकाएको दालले पनि कब्जियतमा फाईदा पु¥याउछ । बेलुकाको भोजनमा अन्नको सहभागीता नभएको राम्रो हो । सब्जी तथा तरकारीको सुप वा २५० ग्राम उमालेको तरकारिसँग मोहि मात्र खादा कब्जियतमा राम्रो गर्छ । माछा, मासु अन्डा, घ्यू, पनिर, मख्खन र मैदाबाट बनेका बस्तुहरुमा पहरेज गर्नुपर्छ ।
चीकु, केरा, स्याउ, अंगुर, लिचि जस्ता फलले कब्जियतमा राम्रो गर्दैन । आलु, पिँडालु, तरुल, सुठुनि, भन्टा, चुकन्दर ओल, राजमा, सेतो चना, मास, भटमास, जस्ता सब्जी तथा दलहन सकभर नखानु नभएपनि बेलुका नखानु ।

अङ्गब्यायम,रिढब्याम, सिथिलीकरणब्यायम, प्रातःभ्रमण, सुर्यनमस्कार, योगआसन तथा प्राणायामको यथाविधि प्रयोगले कब्जियतमा अत्यन्त लाभ पू¥याउँदछ । ताडासन, त्रियकताडासन, पवनमुक्तासन, माण्डुक, मत्येन्द्र, भुजांग, उदारकर्स धनुर जस्ता आसनविधि, भस्त्रीका अग्निसार कपालभाति जस्ता श्वासन विधिले कब्जियत निवारणमा अमृत सरि काम गर्छ । एनिमा, कुन्जल, लधु तथा गरु संखप्रक्षालन, पेटकोमालिस, माटोको पेडुँपट्टी, कटिस्नान र गणेशक्रिया जस्ता प्राकृतिक उपचार विधि पनि कब्जियत भएकाहरुले अपनाउनु पर्ने हुन्छ । कब्जियत आफैमा ठुलो समस्या नभय पनि कयौ रोगहरुको कारण हो । बेलैमा निवारण गरे कब्जियतले ल्याउने विकारल समस्या बाट मुक्त भई सर्वाङ्ग स्वास्थ्य पाउन सकिन्छ । नियमित रुपमा व्यायम गर्ने वानी वसालौ, अंग व्यायम, रिढ व्याययम, शिथिलिकरण व्याययम, प्रँतःभ्रमण जस्ता व्याययमले शरीर तथा पाचन प्रणालीलाई मजवुद राख्न मद्दत पु¥याउछ । हाम्रो डक्टर


Last Updated on: June 19th, 2023 at 12:29 pm
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया