lichie

लिचीको दाना घाँटीमा अड्किएर तीन वर्षीय बालकको मृत्यु

समाचार

सिन्धुली,असार १- सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ। कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो।

लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको लिचीको दाना अड्किएर मृत्यु भएको अस्पतालबाट जानकारी प्राप्त भएको बताए। रासस

यो पनि/अन्य समाचार- भारतीय तीर्थयात्रीको नारायणीमा डुबेर मृत्यु, एजेन्सी – भारतको अयोध्याबाट नेपालका विभिन्न धार्मिकस्थलको भ्रमण गर्न आएका एक युवकको नारायणी नदीमा डुबेर मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदीमा स्नान गर्ने क्रममा २२ वर्षीय प्रदीप शर्माको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज मध्यान्ह १२ः४५ बजेको समयमा नदीमा डुबेका शर्माको शव १ः२५ बजे पाँच सय मिटर तल फेला परेको छ । देवघाटमा तीर्थ यात्राका लागि युपी ६२ एपी ९६९६ नम्बरको गाडीमा ५० जना भारतीय नागरिक आएका थिए । ती सबै जना नारायणीमा स्नान गर्दा शर्मा भने बेपत्ता भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *