IMG 8294

मेयर बालेन साहको जीवनमा अर्को ठूलो खुशीको क्षण, चाँडै बन्दैछन् बुबा

समाचार

काठमाडौं – काठमाडौंका मेयर बालेन साहको जीवनमा अर्को ठूलो खुशीको क्षण आउन लागेको छ । उनी चाँडै बुवा बन्दैछन् । विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलोचोटि बुवा-आमा बन्न लागेका हुन् ।

बालेन पत्नी सविना काफ्लेले बुधबार इन्स्टाग्राममा आफ्ना केही तस्बिर शेयर गरेकी छन् । पोष्टमा उनको ‘बेबी बम्प’ देखिएको छ । मेयर शाह जुम्ल्याहा सन्तानको बुवा बन्न लागेका हुन् । सविना काफ्ले पब्लिक हेल्थमा मास्टर्स गरेकी उनले विभिन्न संघ-संस्थाहरूमा पनि काम गरेकी छन् । उनी लेखिका पनि हुन् ।

उनको ‘दीप-लता’ नामको उपन्यास प्रकाशित छ । सामाजिक सञ्जालमा पनि उनी आफ्ना कथा-कविताहरू सेयर गर्छिन् । केहि समय पहिले होलीमा रंग लगाउँदै गर्दा टिकटक भिडियो सार्वजनिक भएपछि उनीहरु आमाबुवा बन्न लागेको अड्कल काटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *