आइतबार ०९ बैशाख २०८१

shamba

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले युरोपेली क्लबबाट खेल्ने भएकी छन्। उनी इजरायलको हेपोएल रानाना क्लबसँग अनुबन्दित भएकी हुन्।

घरेलु लिगमा एपिएफबाट खेल्ने साम्बा यसअघि गोकुलम केरेलाबाट भारतीय महिला लिग खेल्थिन्।दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमध्ये एक रहेकी उनले उक्त लिगमा २९ गोल गर्दै सर्वाधिक गोलकर्ता मात्र बनिनन्, उनी आवद्ध गोकुलमले लिग नै जितेको थियो।

भारतीय लिगमा दबदबा छाडेकी साम्बाले हेपोएलमा आवद्ध भएसँगै आफ्नो युरोपबाट खेल्ने सपना पूरा भएको बताइन्।

अब एक महिनापछि इजरायल जाने बताउँदै साम्बा भन्छिन्, ‘जुनसुकै एसियाली खेलाडीको युरोपबाट खेल्ने सपना हुन्छ र त्यहीँ सपनाको बाटोमा पाइला टेकेको छु। अब आफ्नो तर्फबाट राम्रो गर्ने कोशिस गर्ने छु।’

एसियाली महादेशमा भएपनि इजरायल युरोपेली फुटबल महासंघको सदस्य रहेको छ।


Last Updated on: June 13th, 2023 at 10:56 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया