puthn

यूठानमा स्वर्गद्वारी मन्दिर दर्शन गरि फर्किँदै गरेको कार दुर्घटना हुँदा ८ जना गम्भीर घाइते

समाचार

प्युठान । प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी कार दुर्घटनामा परेको छ । सोमबार स्वर्गद्वारी मन्दिरमा दर्शन गरी फर्किने क्रममा प्यूठानको भिग्री नजिक कार दुर्घटना भएको हो ।

स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको लु १ च ६३४५ नम्बरको कार दुर्घटनामा परेको हो । उक्त ८ जना सवार कार स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट तल खसेर दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार उक्त कारमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेका थिए । दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरेर अस्पताल लगिँदै गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *