1cdf9303f1eb615a33fefbcebc4632ec1686226388

बालेनलाई दीपकको कटाक्ष : भुईंको टिप्न नखोजौं, भएकोलाई जोगाऔं

समाचार

काठमाडौं । अहिले एकाएक ‘ग्रेटर नेपाल’को चर्चा गर्माएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यकक्षमा सुगौली सन्धि हुनुअघिको नक्सा झुण्डाएपछि सामाजिक सञ्जालका भित्ता समेत ग्रेटर नेपालको नक्साले रंगिएका छन् ।

ग्रेटर नेपालको नक्सा सेयर गर्दै ‘छक्कापञ्जा’ फेम्ड अभिनेता दीपकराज गिरीले बालेन र अन्य नेतालाई कटाक्ष गरेका छन् । समसामायिक मुद्दामा चासो राख्ने उनी लेख्छन्, ‘अहिलेको सानो नेपाल त राम्रोसँग चलाउन नसकेर यो गति छ । यति ठूलो भा भए के गर्थे होलान् ? भुईंको टिप्न नखोजौं, भएकोलाई जोगाऔं ।’

समय र सन्दर्भ हेर्दा गिरीको यो कटाक्ष बालेनतर्फ सोझिएको देखिन्छ । उनले नामै नखुलाए पनि यो अभिव्यक्ति त्यतै सोझिएको बुझ्न कठिन छैन । तर ‘छक्कापञ्जा’ फेम्ड निर्माता तथा अभिनेता निर्मल शर्मा भने ग्रेटर नेपालको नक्सा झुण्डाउने मेयर शाहको पक्षमा उभिएका छन् ।

उनी लेख्छन्, ‘ नेताहरुमा कमसेकम काठमाडौंका मेयर बालेन शाह जत्तिको बोल्ड, निष्ठावान्, निडर, दूरदर्शी, देशप्रेम अनि परिणाममुखी क्षमता चाहिं भइदिए हुन्थ्यो नि ।’ फिल्म निर्देशक मनोज पण्डितले त १८ वर्षअघिको आफ्नो बहुचर्चित डकुमेन्ट्री फिल्म ‘ग्रेटर नेपाल’को दोस्रो अध्याय ‘ग्रेटर नेपाल : अस्तित्वको संघर्ष’ ल्याउने घोषणा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *