Nur Aalam Ansari 1024x744 1

यिनै हुन् आफ्नै १४ दिने छोराको हत्या गर्ने बाउ

समाचार

काठमाडौँ । आफ्नै १४ दिने छोराको हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने वर्ष २५ को नुर आलम अंसारी रहेका छन् ।उनले यही जेठ १४ गते बेलुका अन्दाजी ५ बजेको समयमा आफ्नो नवजात शिशु (१४ दिनको छोरालाई) कर्तव्य गरी मारी फरार रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको हो । आलमलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिप्रका बारामा पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *