bohora 1

सुर्मा गाउँपालिका–४ का वडाध्यक्ष बोहराको मृत्यु

समाचार

बझाङ – सुर्मा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष सर्जन बोहराको मृत्यु भएको छ।केही समय अघिदेखि बिरामी रहेका ३८ वर्षका बोहोराको गएराति निधन भएको हो। आफन्तका अनुसार उनलाई मधुमेह र कलेजोलगायतसम्बन्धी समस्या थियो।
bohora

केहीदिन अघि नेपालगञ्जमा उपचार गर्न गएका उनी चिकित्सककै सल्लाहमा घर फर्केका थिए । बोहरा २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष बनेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *