आइतबार ०९ बैशाख २०८१

IMG 1534

धरानमा बुबा एकाएक बेपत्ता भइदिँदा छोरा बुबा खोज्दै भौतारिहेको अवस्थामा बिहीबार वडा कार्यालयमा भेटिए ।
छोरा रामकुमार विक वडा कार्यालयका वडा सदस्य मनिष खड्गीलाई सिसी क्यामेरा नियालिदिन भन्दै हतारिरहेका थिए । बुबा कुन बाटो मोडिए भन्दै उनी पनि सिसी क्यामेरा नियालिरहेका थिए ।

बुबा मानबहादुर विक विगत पाँच दिनदेखि बेपत्ता भएको छोरा रामकुमार विकले जानकारी दिए । ६८ वर्षीय विकको प्यारालाइसिस भएपछि छोराले उपचारका लागि धरानस्थित बीपी प्रतिष्ठान लगेका थिए । उपचारपछि उनी बुबालाई लिएर धरान–१४ स्थित घर फिरेका थिए ।

धरान–३ पुरानो बजारस्थित सब्जीमण्डीमा रहेको पिपलको बोटमुनि बस्दै गर्नुहोस् है भनेर बुबा छाडेर त्यहाँ रहेको शौचालयमा पाँच मिनेटका लागि छिरेर निस्किँदा बुबा एकाएक बेपत्ता बनेको उनले जानकारी दिए । बुबा बेपत्ता भएपछि अहिलेसम्म खोजिरहेको उनले बताए ।

घरतिर (खोटाङ वाक्सिला) पनि सम्पर्क भइसक्यो, भएभरका ठाउँमा खोजीसक्यौं’ उनले भने, प्रहरीमा पनि निवेदन दिइसकेका छौं तर फेला पार्न सकेका छैनौं ।’ उनले कहीँकतै फेला परेमा ९८०८३४५२३५ मा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध समेत गरेका छन् ।


Last Updated on: June 3rd, 2023 at 3:16 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया