shrnkla

पढाइ सकेर अमेरिकाबाट प्रेमी भनिएका ‘सिरोहिया’को हात समाउदै नेपाल आइपुगिन श्रृंखला

मनोरंजन

अमेरिकामा रहेकी पूर्व मिस नेपाल श्रृंखला खतिवडा आफ्नो अध्ययन पूरा गरि आज नेपाल फर्किएकी छिन्। उनी अमेरिकामा अध्ययन पूरा गरेर नेपाल फकिृएकी हुन् । उनी प्रेमी सम्भव स्वाँर सिरोहियासँगै नेपाल फर्किएकी हुन् ।

टर्किस एयरलाइन्सबाट इस्तानबुल हुँदै आज बिहान ६ बजे खतिवडा नेपाल अवतरण गरेकी हुन्। प्रेमी भनेर नाम जोडिएका सम्भव सिरोहिया संगै त्रिभुवन विमान स्थलमा देखिएकी खतिवडा उनै प्रेमीको हात समाउदै हसिलो मुद्रामा बाहिरिएकी थिइन।

काठमाडौं विमानस्थलमा उत्रँदा सेतो कोटमा देखिएकी खतिवडाले खैरो क्याप लगाएकी थिइन् । उनी सम्भवको हात कसिलोसँग समातेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट बाहिरिएको बताइएको छ ।

सेतो रंगको ५६७८ नम्बरको जगुवार कारमा फूलको बुुकेसहित उनी अगाडिको सीटमा बसेर विमानस्थलबाट बाहिरिएकी हुन् । कार भने प्रेमी सम्भवले चलाएका थिए । श्रृंखलाको नाम यसअघि हेटौंडाका सिसम बानियासँग जोडिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *