आइतबार ०९ बैशाख २०८१

sri 11685344402 2

पूर्व मिस नेपाल शृंखला खतिवडाले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेकी छन्।आर्किटेक्चरमा स्नातक गरेकी खतिवडाले सहरी विकासमा स्नातकोत्तर गरेकी हुन्। उनले इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गर्दै आफूले स्नातकोत्तर उत्तीर्ण गरेको जानकारी दिएकी छन्।

‘मैले ग्राजुएसन गरे‌ं। अब मलाई आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नुहुन्छ,’ उनले लेखेकी छन्। उनले परिवारको साथ-सहयोगले आफूले पढाइ पुरा गर्न सकेको बताएकी छन्।

ग्राजुएसन समारोहमा सहभागी हुने उनका बुवाआमा अमेरिका पुगेका थिए। उनले केही वर्षअघि नेपालमा ‘गाथा’ नामक कम्पनी सञ्चालनमा ल्याएकी थिइन्।

sri

sri 3

sri 1


Last Updated on: May 29th, 2023 at 10:53 am
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया